काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी

डिसी नेपाल
१४ असार २०७८ ११:५९
180
Shares

काठमाडौं। कोरोना संक्रमण दरका कमी नआएको भन्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ता थप गर्ने तयारी भएको छ। जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक हप्ता थप गर्ने तयारी भएको हो।

निषेधाज्ञा थप गर्ने विषयमा आज काठमाडौ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। ‘जारी निषेधाज्ञाका विषयमा निर्णय गर्न आज तीनवटै जिल्लाको प्रजिअको बैठक बस्दैछ,’ ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले डिसी नेपालसँग भने, ‘कोभिडको तथ्यांक अध्ययन गरेर निषेधाज्ञाको विषयमा निर्णय गर्छौं। अहिलेसम्मको तथ्याकं हेर्दा निषेधाज्ञा हटाइहाल्ने अवस्था छैन।’

कोरोना स्रक्रमण दर स्थिर रहेका कारण काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ। पछिल्लो पटक असार ७ गते थप गरेको निषेधाज्ञा आज रातिबाट सकिँदैछ।
ललितपुरका प्रजिअ निरौलाका अनुसार जारी निषेधाज्ञालाई केही खुकुलो बनाइने छ। सार्वजनिक सवारी साधन संचालन गर्ने विषयमा सरोकारवाला निकायसँग छलफल गरेर निर्णय लिइने उनले बताए। उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.