थप २ हजार ४४४ जनामा कोरोना संक्रमण, ३ हजार ८५३ जना निको
काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ८५३ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६४८ पीसीआर परीक्षण गर्दा १ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ९९२ परीक्षण गर्दा ९३५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ४२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ । नेपालमा हाल ३७ हजार ९५० जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment