प्रधानमन्त्री ओलीलाई विश्वप्रकाशको प्रश्नः चरम आवेगको यो कस्तो भेरियन्ट हो ?
फाइल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्री निवासमा आयोजित मदन जयन्ती कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवालगायत विपक्षी गठबन्धनका नेताहरुमाथि आक्रोश पोखे। उनले काँग्रेसलाई प्रचण्डपथमा लागेको आरोपसमेत लगाए।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले त्यस्तो आरोप लगाएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको जवाफ दिएका छन्। उनले ट्वीटरमार्फत प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै भनेका छन्, ‘प्रचण्डसँग एमालेको एकता ठिक, काँग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक? साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ?’
प्रधानमन्त्री ओलीले एमालेका विद्रोही नेता माधवकुमार नेपाललाई लाजशरम पचेको व्यक्ति भनेका थिए। यही विषयमा काँग्रेश प्रवक्ता शर्माले ट्वीट गर्दै प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका हुन्। उनले भनेका छन्, ‘सम्माननीय @Pm_Nepal विनम्रसँग शोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट ?’
प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छंदा आन्द्रा गांस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ?
सम्माननिय @Pm_Nepal विनम्रसंग शोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो
`भेरिएन्ट´ ?— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 28, 2021







डिसी नेपाल








Facebook Comment