ब्यङग्य कविता : कृषि प्रधान शरीर

डिसी नेपाल
१५ असार २०७८ ६:३६
328
Shares

फुकालेर हरका लुगा धानका बिउले छाेपी
कोहीले ला ‘छन शिरै माथि बनाएरै टोपी!

सम्मान हो कि अपमान , बिचित्रै छ आज
हरको बश्त्र हटाएर बिउले छोप्छन् लाज !

फाँटै भरि राेपिने बिउ होटल भित्र गा ‘छ
मनि प्लान्टको हाँगो सरि गमलामा ला ‘ छ!

गमलामै फूलोस फलोस त्यँही झुलोस बाला
जस्ले रोप्छ गमलामा त्यसले त्यही खाला!

नभरिएमा उसको भुँडि त्यो धानका भातले
गमलाकै माटो खाओस उभाएर हातले

कसैको छ शिरै माथि कपाल जस्तै गरि
देखिएको टाउको पनि खेतका गरा सरि

उखरभुमी त्यो टाउकोमा क्यारि बिउ उम्रयो?
थोपरो कि हिलो कतै मार्छु भनि जुम्रो !

ढाक्नु पर्ने तिम्रा अङ्ग धानका बिउले छेक्दा
लत्रिएर तन्द्रयाङतुन्द्रुङ लटा सरि देख्दा

तर्सिएलान बच्चा-बच्ची बनमान्छेमा गनि
साताे जाला तर्सिएर छल्छ कि हँ भनि !

लाेभिएर बाख्रा बाेका आउलान त्यतै चर्न
तिम्रा हरको धानको बिउले भोको भुँडी भर्न!

पात्तिएको मार्चे बोको प्यासको सँधै भोको
लम्किएर अाउला त्यतै पुरा गर्न धोको !

धर्ती स्वरुप नारी शरिर बश्त्र लगाइ छोप
दुईटै मात्रै किन नहोस गाभा खेतमै रोप

बाँझै छाडि खेत सबै रोपाँइ शरिर भरि
बश्त्र सरि धानको बिउ कम्मर वरिपरि!

कृषि प्रधान देशमा आज कठै यस्तो चाला
धानका विउका भित्रि बश्त्र अनि गलामाला !

खेतैभरि बनमारा त घाँटी भरि धान छ
बिदेशी त्याे रड्डी चामल मिठो मानि खान्छ !

धानकै बिउकाे माला बश्त्र अनि माथि केश
कृषि प्रधान शरिर भयो भएन नि देश !

-अर्जुन राज पन्त , बाग्लुङ मुलपानी (ब्यङग्य कवि पन्त पहिलो ब्यङग्य काब्य ‘ काेइली ‘का समेत लेखक हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.