जीवन विकास लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

डिसी नेपाल
१५ असार २०७८ ८:०६
240
Shares

काठमाडौं । सोमबारसम्म १५ गुणा बढी आवेदन परेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओको आवेदन दिने आज अन्तिम दिन हो। असार ११ गते निष्काशन तथा विक्री खुल्ला गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो।

प्रतिकित्ता १ सय मूल्य अंकित १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर लघुवित्तले निष्काशन गरेको थियो। १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर बजारमा ल्याएको हो। लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिने गरी कम्पनीले आईपीओ बजारमा ल्याएको हो।

एनएमबि क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक रहेको उक्त कम्पनीमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.