आजदेखि आन्तरिक हवाई उडान सुरु

डिसी नेपाल
१७ असार २०७८ ६:४३
240
Shares

काठमाडौं। दुई महिनापछि आजदेखि आन्तरिक उडान शुरु हुँदैछ। नागरिक उडड्यन प्राधिकरणले दैनिक आठ वटा जहाजले ६४ वटा उडान गर्न अनुमति दिई उडान सञ्चालन गर्ने तयारी गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले त्यसको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। यात्रुहरुले भौतिक दुरी कायम गर्नुपर्ने, भीड कम गर्न तीन सयजना बस्न मिल्ने गरी अस्थायी स्थानको व्यवस्था गरेको विमानस्थलले जनाएको छ।

प्रत्येक जहाज दश मिनेटमा उडान गर्नुपर्ने, एक पटक उडेपछि स्यानिटाइज अनिवार्य गर्नुपर्ने र यात्रुको लगेजसमेत स्यानिटाइज गरेर मात्र दिने गरी व्यवस्था मिलाइएको छ।

आज विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु हुनेछ। उडान भर्ने अनुमति दिइएका मध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान रहेको नागरिक उडड्यन प्राधिकरणले जनाएको छ।

कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणले हवाइ कम्पनीहरुलाई निर्देशन दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.