सेयर बजारमा सामान्य वृद्धि, ६ अर्ब ७० करोडको कारोबार
काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। बिहीबार नेप्से १९.१३ अंकल बढेर २८ सय ४३ अंकमा बन्द भएको छ।
यस दिन सेन्सिेटिभ इन्डेक्स पनि ६.३३ अंकले बढेको छ।
यस्तै अघिल्ला दिनहरु जस्तै बिहीबार पनि कारोबार रकममा लगानीकर्ताको उत्साहा देखिएको छैन। यस दिन कूल २ सय २४ कम्पनीको सेयर कारोबार हुँदा ६ अर्ब ७० करोडको कारोबार भएको छ।
समूहगत आधारमा बिहीबार नन लाइफ इन्सोरेन्स बाहेक सबै समूहका सेयर बढेका छन।
यस दिन ओरिएन्टल होटेल, ग्रिन डेभलपमेन्ट बैंकको सेयर करिब १० प्रतिशतले बढेको छ।
समग्र बजार बढे पनि कुमारी इक्वीटी फण्डको सेयर सबैभन्दा धेरै ३. ३३ प्रतिशतले घटेको छ।
बिहीबार नेको इन्सोरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३० करोड ४४ लाख भन्दा धेरै रकमको सेयर खरिद बिक्री भएको छ।







डिसी नेपाल








Facebook Comment