बेल्जियम विरुद्ध इटालीलाई २ – १ गोलको अग्रता

डिसी नेपाल
१९ असार २०७८ १:३८
180
Shares

काठमाडौं। युईएफए युरो २०२० को दोस्रो क्वाटरफाइनलको खेलमा अहिले बेल्जियम र इटालीबीच प्रतिस्पध्रा भइरहेको छ।

जर्मनीको एलिनाज स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इटालीले २ – १ को अग्रता लिएको छ।

खेलको ३१ औं मिनेटमा निकोलो बरेलाले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका हुन। मार्को भेराट्टीको पासमा उत्कृष्ट फिनिस गर्दै बरेलाले इटालीलाई खेलमा अग्रता दिलाएका हुन।

Image

खेलको ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई दोहोरो अग्रता दिलाएका थिए।Goal! Lorenzo Insigne (Italy) weaves his way past opponents, and he unleashes a magnificent effort from the edge of the box inside the right post. Thibaut Courtois had no chance of reaching it. The score is 0:2.

तर, खेलको इन्जुरी समयमा रोमेलु लुकाकुले पेनाल्टी मार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काएका छन।

Romelu Lukaku (Belgium) sends Gianluigi Donnarumma the wrong way and fires the penalty into the middle of the goal!

दुवै टिमले गोल गर्ने अवसर सिर्जना गरे पनि पहिलो हाफमा इटालीले उत्कृष्ट प्रर्दशन गरेको छ।

लियोनार्डो बनोचीले खेलको १३ मिनेटमा गोल गरेका थिए। तर, भीएआर मार्फत अफसाइड देखिएपछि उक्त गोलले मान्यता पाएन।
खेलको २२ औं मिनेटमा केभिन डि ब्रुएनले प्रहार गरेको बल इटालीका गोल किपरले बचाएका थिए।
खेलको २६ औं मिनेटमा स्टार स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्ने सुनौलो अवसर सिर्जना गरेका थिए। उनले प्रहार गरेको बल गोलपोस्टको नजिकै बाट बाहिरीएको थियो।

उपाधि दाबेदार बेल्जियम र इटाली दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेका छन्।  प्रि – क्वाटरफाइनलको खेलमा बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर क्वाटरफाइनलको यात्रा तय गरेको थियो।
इटालीले क्वाटरफाइनलमा अष्ट्रियालाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *