उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा

डिसी नेपाल
२० असार २०७८ ६:३९
744
Shares

काठमाडौं। उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४ – २ गोल अन्तरले पाखा लगाउँदै कोलम्बियाले अन्तिम चारको यात्रा पक्का गरेको हो।

ब्राजिलको स्ट्याडियो नेस्नल ब्रासिलीयामा सम्पन्न खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो। पेनाल्टीमा ४ – २ गोलअन्तरले बाजी मार्दै कोलम्बिया सेमिफाइनल प्रवेश गरेको हो।

Image

कोलम्बियालाई पेनाल्टीमा जित दिलाउन डुवान जपाटा, डेभिनसन साञ्चेज, यारी मिना र मिगुएल मिर्जाले गोल गरे।

उरुग्वेका लागि एडिसन कभानी र लुइस स्वारेजले गोल गर्दा जोस मारिया गिमेनेज र मटियास भिनाको प्रहार कोलम्बियाका गोलकिपरले बचाएका थिए।

Image

खेल पेनाल्टीमा जानु भन्दा पहिलेको निर्धारित समयमा दुवै टिमले गोल गर्ने केही अवसर बनाए पनि गोल गर्न सकेनन्।

Image

जितसँगै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। अब कोलम्बियाले अर्जेन्टिना र इक्वेडरबीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्प्रधा गर्ने छ।

Image

पराजित उरुग्वे भने प्रतियोगिताको अन्तिम आठबाट बाहिरीएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *