डेब्यू खेलकै दिन सधैंका लागि प्रतिबन्धमा परेका खेलाडीले सफाइ पाए

डिसी नेपाल
२० असार २०७८ ८:०७
176
Shares

काठमाडौं। डेब्यू टेस्ट सकिएकै दिन सधैंका लागि प्रतिबन्धमा परेका इङल्याण्डका खेलाडी ओली रबिन्सनले सफाइ पाएका छन् । २०१२ देखि २०१४ सम्म उनले गरेका ट्वीटले जायीय विभेदलाई बढाएको आरोपमा उनलाई इङल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले आजीवन प्रतिबन्ध लगाएको थियो ।

गएको महिना लर्डसमा न्यूजिल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका रबिन्सनलाई सोही टेस्ट सकिएकै दिन प्रतिबन्ध लगाइएको थियो । इङल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको क्रिकेट अनुशासन कमिसनले आफ्नो अनुसन्धानपछि रबिन्सनलाई तत्काल अन्तर्राष्ट्रिय खेलमा फर्किन पाउने गरी सफाइ दिएको इएसपिएन क्रिकइन्फोले जनाएको छ ।

इङल्याण्डका फास्ट बलर रबिन्सनले पहिलो खेलमै दमदार प्रदर्शन गरेका थिए । उनले पहिलो इनिङमा ४ विकेट र दोस्रो इनिङमा ३ विकेट लिएका थिए । यस्तै पहिलो इनिङमा ४२ रन बनाएका उनले दोस्रो इनिङमा भने ब्याटिङ गर्ने पालो आएन । यो खेल ड्र भयो तर त्यही दिन रबिन्सनलाई सधैंका लागि अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको थियो ।

रबिन्सनलाई टिममा लिइएपछि सामाजिक संजालमा यो चर्चाको विषय बनेको थियो । विवाद बढ्दै गएपछि इसीबीले रबिन्सनविरुद्ध कठोर निर्णय गरेको थियो । यद्यपि रबिन्सनले यस विषयमा माफी मागिसकेका थिए । उनले पहिलो दिनको खेल सकिएलगत्तै सार्वजनिक रुपमा आफूले गरेका ट्वीटप्रति खेद जनाउँदै माफी मागेका थिए । उनले भनेका थिए ‘मलाई आफूले गरेका कामप्रति निकै खेद छ । यस्ता टिप्पणी गरेकोमा म लज्जित छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *