प्रधानन्यायाधीश राणाकाे प्रश्न : धारा ७६ को (२) र (५) मा के भिन्नता छ?
काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको संबैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट बहस गरेका अधिवक्ता मेघराज पोखरेललाई प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले संविधानको धारा ७६ को (२) र (५) मा के भिन्नता छ ? भनी प्रश्न गरेका छन्।
जवाफमा पोखरेलले उपधारा ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने आधार हुँदा हुँदै धारा मिचेको जिकिर गरे।
‘उपधारा २ मा दल भनिएको छ, र उपधारा ५ मा विश्वासको मत प्राप्त गर्ने आधार भनिएको छ। उपधारा २ नै सबथोक हो भने ५ किन राख्नुपर्यो? त्यसैले उपधारा ५ मा दल भएको छैन,’ उनले भने
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment