पाकिस्तानसँगको एकदिवसीय सिरिजका लागि इंग्ल्यान्डको टिम घोषणा

डिसी नेपाल
२० असार २०७८ १९:४९
48
Shares

काठमाडौं । इंग्ल्यान्डले पाकिस्तानसँगको एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ । इंग्ल्यान्डले शनिबार इयोन मोर्गनको कप्तानीमा टिमको घोषणा गरेको हो । इंग्ल्यान्डले घोषणा गरेको टिममा श्रीलंकासँगको सिरिजमै रहेका खेलाडी छन् । टिममा कुनै परिवर्तन भएको छैन ।

श्रीलंकासँगको तेस्रो खेलका लागि बोलाईएका ब्याट्सम्यान टम बान्टन टिममै रहेका छन् । डेविड मलानको स्थानमा उनलाई टिममा राखिएको थियो । मलानले व्यक्तिगत कारण देखाएर टिम छाडेका थिए ।

यस्तै अलराउण्डर जोस बट्लर, बेन स्टोक्स र बलर जोफ्रा आर्चर टिममा छैनन् । उनीहरु चोटका कारण टिम बाहिर रहेका हुन् । इंग्ल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल जुलाई ८ मा कार्डिफमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *