आमा र श्रीमतीको तगडा गाली र कुटाइ खाएपछि दिनेश कार्तिकले माफी मागे

डिसी नेपाल
२१ असार २०७८ १६:४८
4.5k
Shares

काठमाडौं। भारतीय विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले माफी मागेका छन् । श्रीलंका र इङल्याण्डबीचको एकदिवसीयमा कमेन्ट्री गर्ने क्रममा उनले बोलेको कुरालाई लिएर निकै आलोचना भएपछि उनले माफी मागेका हुन् । माफी माग्दै उनले यो कारणले आफूले आमा र श्रीमतीको निकै गाली र कुटाइसमेत समेत खाएको बताएका छन् । खासमा कार्तिकले कमेन्ट्रीको क्रममा ब्याटको तुलना छिमेकीकी श्रीमतीसँग गरेका थिए ।

कमेन्ट्रीका क्रममा कार्तिकले भनेका थिए ‘ब्याट्सम्यानले ब्याट मन नपराउने कुरा चलिरहन्छ । धेरैजसो ब्याट्सम्यानलाई आफ्नो ब्याट मन पर्दैन । उनीहरुलाई अरुको ब्याट धेरै मन पर्छ । ब्याट छिमेकीकी श्रीमती जस्तै हो । अरुको ब्याटले ब्याट्सम्यान राम्रो महसुस गर्छन् ।’ कार्तिकको यो बयानपछि सामाजिक संजालमा उनलाई माफी माग्न भनिएको थियो । त्यसपछि कार्तिकले आइतबार भने ‘जे भयो त्यसको लागि म माफी माग्न चाहन्छु । यस्तो फेरि हुने छैन । मेरी आमाले यसको लागि मलाई कुट्नुभयो । श्रीमतीले पनि गाली गरिन् ।’


कार्तिकको बयानपछि उनकी पूर्व पत्नी निकिता र भारतीय ओपनर मुरली विजय पनि ट्रोल भएका थिए । मुरली र निकिताको अफेयर थियो । त्यसपछि कार्तिकले निकितासँग सम्बन्धविच्छेद गरेका थिए । कार्तिकसँग सम्बन्धविच्छेदपछि मुरलीले निकितासँग विवाह गरेका थिए । त्यसपछि कार्तिकले स्क्वास खेलाडी दीपिकासँग बिहे गरेका थिए । कार्तिक २०१९ विश्वकपपछि भारतीय टिमबाट बाहिर छन् । उनले भारतको लागि अन्तिम खेल विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डसँग खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *