विदेशबाट आएकालाई क्वारेन्टिनका लागि तोकियो सयबढी होटल (होटलको नामवली)
काठमाडौं । विदेशबाट आगमन हुने यात्रुहरुको लागि नेपालमा सयभन्दा बढी होटलहरुमा क्वारेन्टिनको व्यवस्था गरिएको छ । कोरोना संक्रमण नियन्त्रण तथा कोरोनाको नयाँ स्वरुप फैलन नदिनको लागि विदेशबाट आउने प्रत्येक यात्रुका लागि अनिवार्य होटल क्वारेन्टिनको व्यवस्था गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार तारास्तरका होटलहरु र पर्यटकस्तरीय होटलहरु गरी एक सय १० वटा होटलहरुमा क्वारेन्टिनको व्यवस्थापन गरिएको छ।
त्यस्तै, क्वारेन्टीनका लागि पर्यटन विभागमा दर्ता भएका २७ वटा होटल र बाग्मती प्रदेश अन्तर्गतको उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरी कूल जम्मा १ सय १० होटलहरुलाई क्वारेन्टीन प्रयोजनका लागि सूचीकृत गरिएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment