सशस्त्रका एसएसपीद्वय धौबजी र न्यौपानेलाई डीआईजीमा बढुवा गर्न सिफारिस

डिसी नेपाल
२२ असार २०७८ १८:१६
132
Shares

काठमाडौं । गृह मन्त्रालयले रिक्त रहेको डीआईजी पदका लागि सशस्त्र प्रहरीका एसएसपीद्वय कालीदास धौबजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरेको छ ।

मंगलबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त रहेको दुई पदमा उनीहरुलाई सिफारिस गरेको हो । सशस्त्र प्रहरीले गत बुधबार योग्य एसएसपीलाई आवेदन दिन सुचना जारी गरेको थियो । सशस्त्र प्रहरीमा डीआईजी हुन सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज वा ब्रिगेडियर तालिम वा नेसनल डिफेन्स कोर्स अनिवार्य गरेको हुनुपर्ने भएकाले धौबजी र न्यौपानेको योग्यता पुगेकाले उनीहरुको बढुवा भएको जनाएको छ ।

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक सदस्य सचिव रहने उल्लेख छ ।

बढुवा समितिले कार्यक्षमताको मूल्यांकनका गर्नै प्रावधान रहेको छ । जसमा कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषणबापत २ अंक र बढुवा समितिले ५ अंक दिन पाउने व्यवस्था छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.