नेपाल एयरलाइन्सको कार्यालयमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

डिसी नेपाल
२२ असार २०७८ १८:३७
208
Shares

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको कार्यकक्षमा कर्मचारीले लगाएको ताला प्रहरीले खोलेको छ ।

संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई ताला खुलाउन पत्राचार गरेपछि प्रहरी लगाएर ताला तोडिएको हो ।

असार १८ गतेदेखि निगमका कर्मचारीले संरचना परिवर्तन गर्न प्रक्रिया अगाडि बढाएको विरोधमा तालाबन्दी गरेका थिए । निगमका कर्मचारीहरुले भने प्रहरीले जबर्जस्ती ताला खोलेको भन्दै विरोध जारी राखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.