कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

डिसी नेपाल
२३ असार २०७८ ९:०९
1.6k
Shares

काठमाडौं। कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।

ब्रासिलियामा बुधबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३ – २ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो।

Image

पेनाल्टीमा कोलम्बियाका जुआन कुओड्राडो र मिगुएल बोर्जाले मात्रै गोल गर्न सके। डेभिनसन सान्चेज, येर्री मीना, एडविन कार्डोनाको प्रहार अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले बचाएका थिए।

अर्जेन्टिनाका लियोनल मेस्सी, एडविन कार्डोना, लुटारो मार्टिनेजले गोल गर्दा रोड्रिगो डे पउलको प्रहार कोलम्बियन गोलकिपरले बचाएका थिए।

निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १ -१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा बाजी मार्दै अर्जेन्टिना फाइनलमा पुगेको हो।

खेल पेनाल्टी सुटआउटमा जानु भन्दा पहिले ७ औं मिनेटमा लुटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १ – ० को सुरुवाती अग्रता दिलाएका थिए। उनले कप्तान लियोनाल मेस्सीको पासमा गोल गरे।

May be an image of 3 people and grass

तर, दोस्रो हाफको ६१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई १ – १ को बराबरीमा ल्याए। उनले एडविन कार्डोनाको पासमा उत्कृष्ट गोल गर्दै कोलम्बियालाई खेलमा फर्काउने प्रयास गरेका थिए।

Image

दुवै टिमले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेनन्।

Image

अब अर्जेन्टिनाले उपाधिका लागि आगामी शनिबार आयोजक ब्राजिलसँग प्रतिस्प्रधा गर्ने छ। ब्राजिल यसअघि नै पेरुलाई १–० ले हराएर फाइनलमा प्रवेश गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *