चामेको बजेट ३४ करोड

डिसी नेपाल
२३ असार २०७८ २०:०१
32
Shares

मनाङ । जिल्ला सदरमुकामसमेत रहेको हिमाली जिल्ला मनाङ्को चामे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ३४ करोड ४१ लाख ६१ हजार बराबरको बजेट ल्याएको छ । बुधबार आयोजित नवौँ नगरसभामा गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजङ गुरुङले सङ्घीय, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा सहयोग र गाउँपालिकाको आन्तरिक आम्दानीसहित उक्त बजेट सार्वजानिक गरेका हुन् ।

बजेटमा सङ्घीय सरकारको सशर्त अनुदानबाट रु ६ करोड ८२ लाख, वित्तीय समानीकरण अनुदानबाट रु ६ करोड ९८ लाख, प्रदेश सरकारको समपूरक अनुदानबाट रु ७० लाख, समानीकरण अनुदानबाट रु ४० लाख ६७ हजार, राजस्व बाँडफाँटबाट रु ६ करोड ६१ लाख ५६ हजार, विशेष अनुदानबाट रु नौँ करोड ३१ लाख, अन्यबाट तीन करोड ८८ लाख ५७ हजार र आन्तरिक आयतर्फ रु २६ लाख ४२ हजार आम्दानी हुने अपेक्षा गरिएको छ ।

उपाध्यक्ष गुरुङले बाढीपहिरोबाट विस्थापित भएका बस्तीलाई संरक्षण गर्ने पहिलो प्राथमिकता दिइएको बताए। त्यस्तै गाउँभित्रका बाढीपहिरोबाट क्षतिग्रस्त भएको विद्युतीय क्षेत्र, खानेपानी, सामुदायिक विद्यालयसहित विकासका पूर्वाधार सुधारलायतका कार्यक्रम समेटिएको छ ।

सो गाउँसभाको अध्यक्षता गाउँपालिकाका अध्यक्ष लोकेन्द्र वहादुर घलेले गरेका थिए । असार १ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले चामेको दश घरमा पूर्ण र २० घरमा आंशिकरुपमा क्षति पुर्‍याएको छ ।

लघु जलविद्युत् र खानेपानीमा समेत पूर्णरुपमा क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ । देशभरका अधिकांश स्थानीय तहले असार १० गतेभित्र नै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.