एमाले कार्यदल बैठक सिंहदरबारमा जारी

डिसी नेपाल
२६ असार २०७८ १७:१९
96
Shares

काठमाडौं। एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको १० सदस्यीय सँयुक्त कार्यदलको बैठक जारी छ। सिंहदरवारस्थित अर्थमन्त्रालयमा पौने ५ बजे बैठक शुरु भएको हो। कार्यदलमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुले वरिष्ठ नेता नेपालसँग छलफलका लागि समय मागेपछि कार्यदलको बैठक ढिलागरी शुरु भएको हो।

कार्यदलको बैठक अघि माधव समूहका कार्यदल सदस्यहरुले कोटेश्वर पुगेर उनसँग छलफल गरेका छन्। कोटेश्वर छलफलपछि कार्यदलको बैठक शुरु भएको हो। आजको कार्यदल बैठकले सहमति जुटाएर सहमतिलाई सार्वजनिक गर्ने तयारी गरेको छ। शुक्रबार नै सहमति जुटे पनि केही भाषा मिलाउन बाँकी रहेको भन्दै त्यसका लागि शनिबारको बैठक बसेको हो।

एमालेको विवाद समाधानका लागि कार्यदलले ५ बुँदे सहमति जुटाएको चर्चा छ। तर, सहमतिका बुँदा भने सार्वजिनक गरिएको छैन।

नेकपाकालिन विवाद एमाले र माओवादी ब्यूउँतिएपछि एमालेमा सरेको थियो। सो विवाद बढ्दै जाँदा पार्टी नै विभाजनको डिलमा पुगेका बेला विभाजन रोक्न विवाद समाधान गर्ने भन्दै लगातार वार्ताहरु भइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.