प्रतिनिधिसभा विघटन मुद्दाको फैसला आजै आउन सक्ने
काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सम्भवतः आजै फैसला आउन सक्नेछ। २१ असारमा सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आजको मिति तय भएको थियो।
दुबै पक्षको बहस सकिइसकेको मुद्दामा संवैधानिक इजलासले यसअघि असार २१ गते आजका लागि पेसी तोकेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले फैसला सुनाउनेछ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरियोस् भनेर १ सय ४६ जना सांसदसहितको हस्ताक्षर सर्वोच्चमा पुगेपछि सो विषयको लामै बहस संवैधानिक इजलासमा भयो। प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति कार्यालयको नाममा परमादेश माग भएको विषयमा सर्वोच्चले व्याख्या गर्नेछ।
असार २१ देखि आइतबारसम्म सवैधानिक इजलासका न्यायाधीशहरुले मुद्दाको पेशी नलिएरै फैसला लेख्न खटिएका थिए। प्रधानन्यायाधीश राणालेसमेत यो अवधिमा आफूलाई पेशी राखेनन्।
न्यायाधीशहरु विदेशी नजिर, विगतमा भएका फैसला र आवश्यक समाग्री घरै लगेर फैसला तयार गर्दै आएका थिए। यो मुद्दामा सर्वोच्च अदालतले दिने फैसलाले देशको भावी राजनीति कसरी अगाडि बढ्छ भन्ने कुरा निहित भएकाले अदालतको फैसलाप्रति आमचासो छ।







डिसी नेपाल








Facebook Comment