जतिसुकै अप्रिय भए पनि सर्वोच्चको फैसला पालना गर्छाैंः एमाले
काठमाडौं। सत्तारुढ दल एमालेले सर्वोच्च अदालतको फैसलाको पालना गर्ने बताएको छ। एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जतिसुकै अप्रिय भए पनि सर्वोच्चको फैसला पालना गर्ने बताएका छन्। उनले डिसी नेपालसँग कुरा गर्दै प्रतिनिधिसभा विघटन बदर गर्ने र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश गर्ने सर्वोच्च अदालतको फैसला संविधानको मर्म बाहिर भएको प्रतिक्रिया दिएका छन्।
उनले सोमबार सर्वोच्चको संवैधानिक इजलासले गरेको फैसला बहुदलीय व्यवस्था विपरित भएकोसमेत बताए। उनले ७० वर्षदेखि दलीय शासन व्यवस्थाका लागि लडेकाहरुलाई सर्वोच्चको यो फैसला आउनु दूर्भाग्यपूर्ण भएको बताए। उनले यो फैसलाले शक्ति पृथकीकरण सिद्धान्त विपरित भएकोसमेत बताए। उनले शक्ति सन्तुलनको मर्म विपरित सर्वोच्चको फैसला आएको बताए। उनले लोकतान्त्रिक प्रणालीमाथि नै प्रहार भएकोसमेत टिप्पणी गरे।
उनले एमालेले बैठक बसेर औपचारिक धारणा बनाउनेसमेत जानकारी दिए।







डिसी नेपाल








Facebook Comment