स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासमा अभिवृद्धिः देउवा

डिसी नेपाल
२८ असार २०७८ १६:३१
96
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै सभापति देउवाले लिक बाहिर धकेलिएको संविधानलाई सर्वोच्चले ट्रयाकमा ल्याएको बताए ।

उनले वक्तव्य जारी गरी सर्वोच्चले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताए ।

‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ । कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु ।’ देउवाद्वारा जारी वक्तव्यमा भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.