देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे सपथ ग्रहण
काठमाडौं। सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव डा. भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी दिए। ‘अब ६ बजे सपथ ग्रहण गराउने समय तय भएको छ,’ अधिकारीले डिसी नेपालसँग भने।
शितलनिवास स्राेतका अनुसार त्यसकाे जानकारी देउवालाई जानकारी गराइसकिएकाे छ। सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment