िशतलनिवासमा पत्र सच्याउनेबारे छलफल जारी, देउवासहित शीर्ष नेता छुट्टै छलफलमा

डिसी नेपाल
२९ असार २०७८ २०:०२
1.0k
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्त गर्दा संविधानको धारा उल्लेख गर्ने विषयमा राष्ट्रपति निवास िशतलनिवासमा छलफल भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न असहमति जनाएपछि शपथमा ढिलाइ भएको हो ।

शीतलनिवासमै गठबन्धनमा रहेका नेताहरुबीच छुट्टै छलफल भइरहेको छ । प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव छुट्टै छलफलमा छन् ।

विज्ञप्ति सच्याउनेबारेमा राष्ट्रपति कार्यालयमा छलफल गरिए पनि अहिलेसम्म नसच्चिएको एक नेताले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.