नवनियुक्त प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनियताको शपथ

डिसी नेपाल
२९ असार २०७८ २०:२७
744
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

सर्वोच्च अदालतको परमादेश बमोजिम मंगलबार राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

योसँगै प्रधानमन्त्री देउवाले ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री देउवासँगै नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गृहमन्त्रीमा कांग्रेसका नेता बालकृष्ण खाँड, अर्थमन्त्रीमा माओवादीबाट जनार्दन शर्मा, कानूनमन्त्रीमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र उर्जामन्त्रीमा माओवादीबाट पम्फा भुसालले शपथ लिएका छन् । अन्य मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.