नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी
सुर्खेत। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक मुख्यमन्त्री तथा दलका नेता महेन्द्र बहादुर शाहीको अध्यक्षतामा शुरु भएको छ। आइतवार बसेको दलको बैठकले आर्थिक बर्ष २०७७/०७८ को समिक्षा र आगामी कार्य योजनाको विषयमा बृहत छलफल गर्ने माओवादी केन्द्रका प्रमुख सचेतक ठम्वर विष्टले जानकारी दिए।
दलको बैठकमा माओवादीको केन्द्रको नेतृत्वमा सरकार भएकोले गएको आर्थिक बर्षको समिक्षा सँगै आउने आर्थिक बर्षको दलको तर्फबाट खेल्नु पर्ने भूमिका र कार्य योजनाको विषयमा छलफल हुने प्रमुख सचेतक विष्टको भनाइ छ ।
दलले सरकारलाई दिने सकरात्मक सुझाव र सरकारले यो भन्दा पछि आफ्नो कामलाई जनप्रिय कामको रुपमा कसरी स्थापित गराउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment