बैठकमा धारणा राख्दाराख्दै बेहोस भएका एमाले नेताको निधन

डिसी नेपाल
२८ फागुन २०८२ १५:५४
22.1k
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ।

बिहीबार जिल्ला कमिटी बैठक जारी रहेकोमा उनी बैठकमा बोल्दा बोल्दै ढलेका थिए। जिल्ला कमिटीको बैठकस्थलमै उनको हृदयाघातका कारण निधन भएको प्रहरीले जनाएको छ।

कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक एमाले कास्की जिल्ला पार्टी कार्यालयमा राखिएकोमा त्यसलाई १० मिनेट सम्बोधन गरेपछि इन्चार्ज थापा हृदयघात भइ ढलेका थिए।

उनको शव मणिपाल अस्पतालमा शव राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *