एमाले स्थायी कमिटी :प्रधानमन्त्री देउवालाई विश्वासकाे मत दिने सांसद एमाले नरहने

डिसी नेपाल
३ साउन २०७८ १४:०९
1.1k
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेकाे छ।

आइतबार बसेकाे एमाले स्थायी कमिटी बैठकले देउवा सरकारलाई विश्वासकाे मत नदिने निर्णय गरेकाे हाे। साथै बैठकले प्रधानमन्त्री देउवालाई विश्वासकाे मत दिने सांसद एमाले नरहने  ठहर गरेकाे छ।

बैठकले पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर रहेर आफ्नो पार्टीको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु पार्टीमा रहनुहुन्न। यो चाहिं प्रष्टै हो,’ प्रवक्ता ज्ञवालीले भने।

प्रवक्ता ज्ञवालीले माधव नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरी आज बिहान भएको प्रयत्न असफल भएको पनि जानकारी दिए।

उहाँको तर्फबाट विगतमा कार्यदलमा रहेका सदस्यले त्यसो नगर्न आग्रह गर्नुभयो’, ज्ञवालीले भने, ‘आफू अल्पमतमा रहेका बहुमतको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसकिने भन्नुभयो। पार्टी एकताबद्ध बनाएर लैजान तयार देखिनुभएन।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.