संसद विघटन शक्ति पृथकीकरणको सिद्धान्तविपरीत चालिएको कदमः सभामुख सापकोटा

डिसी नेपाल
३ साउन २०७८ १७:११
168
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापनामा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिँदै सांसदलाई बधाई दिएका छन् । प्रतिनिधिसभा पुनःस्थपित गरेकोमा उनले सर्वोच्च अदालतप्रति आभार प्रकट पनि गरेका छन्।

उनले प्रतिनिधिसभा पुनःस्थापित भएसँगै प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको टिप्पणी गरेका छन् ।

पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकको शुरूमै आफ्नो मन्तव्य राख्दै सभामुख सापकोटाले संसद विघटनलाई शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम भनेका छन्।

प्रतिनिधिसभा पुनः क्रियाशील भएसँगै सार्वभौमसत्ताको अभ्यास गर्ने अवसर मात्र प्राप्त भएको भन्दै उनले यसलाई गतिशील, जीवन्त र जनमुखी बनाउने थपिएको बताएका छन् । यसका लागि उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुलाई आह्वान समेत गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.