राष्ट्रियसभा बैठक : राष्ट्रिय एकताका पक्षमा लाग्न आग्रह

डिसी नेपाल
३ साउन २०७८ १८:१०
40
Shares

काठमाडौं । राष्ट्रिय समस्या समाधानका लागि सबै राजनीतिक दलकाबीच राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद शेखरकुमार सिंहले हिमाल, पहाड र तराईबीच एकता र भातृत्वलाई बढावा दिन तथा आफूहरू र सरकारबीच भएको सहमति पूर्ण कार्यान्वयनका लागि ध्यानकर्षण गराए ।

सांसद प्रमिला कुमारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने ध्येयका साथ सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकामा प्रसन्नता व्यक्त गरे । उनले पाँच दलीय गठबन्धनको सुझबुझपूर्ण निर्णयका आधारमा देशले राजनीतिक निकास पाएको बताए । राष्ट्रियसभाको अर्को बैठक यही साउन ७ गते बिहीबार दिउँसो १.०० बजे बस्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.