नेपाली कांग्रेसको वडाको निर्वाचन स्थगित तर महाधिवेशन तोकिएकै मितिमा हुने
काठमाडौं। नेपाली कांग्रेसले आफ्नो आसन्न महाधिवेशन प्रयोजनका लागि यही साउन १२ गतेदेखि सुरु हुने भननिएको वडा तहको निर्वाचनको मिति स्थगित गरेको छ । बुढानिलकण्ठस्थित पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा बसेको पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठक शनिबार बिहान बसेको थियो ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिजय कुमार गच्छदार, महामन्त्री शशांक कोइराला, सह–महामन्त्री डा. प्रकाश शरण महत, कोषाध्यक्ष सीता देवी यादव, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाँण प्रवक्ता विश्वप्रकाश शर्मा, गोपालमान श्रेष्ठ, पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेल लगायत सहभागी थिए ।
बैठकले यही साउन १२ गते मंगलबार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाउने, त्यसपछि केन्द्रीय समितिमा छलफल हुने निर्णय गरेको छ । भदौ १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको निर्वाचन मिति यथावत रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् ।







डिसी नेपाल








Facebook Comment