सत्ता गठबन्धन बैठकमा माधव नेपाल सहभागी भएपछि ओली पक्ष आक्रोशित
काठमाडौं। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका दोस्रो तहका नेता पार्टी एकताका लागि छलफलमा छन्। उनीहरु अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच प्रत्यक्ष भेटघाट गराउने वातावरण बनाउन लागिपरेका बेला वरिष्ठ नेता माधव नेपाल सत्ता पक्षको गठबन्धनको बैठकमा सहभागी भएपछि एकताको वातावरण बिग्रिएको नेताहरुले बताएका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालपनि सहभागी भएपछि ओली पक्ष असन्तुष्ट बनेको छ। साथै माधव नेपालले एकता नचाहेको र नेपाल एमाले विभाजन गर्ने मिसनमा लागेको एकता संकटमा परेको निष्कर्ष समेत निकालिएको छ।
‘हामी अध्यक्ष र वरिष्ठ नेताबीच भेट गराउन भन्दै दिनरात लागिपरेका छौं, उहाँ (माधव नेपाल) सत्ता गठबन्धनको बैठकमा सहभागी भएर एकता विरोधी काम गर्दै हुनुहुन्छ,’ ओली र नेपालबीच भेट गराउने सक्रिय रहेका एक नेताले डिसी नेपालसँग भने, ‘यस्तो अवस्थामा कसरी एकता र विश्वासको वातावरण बन्छ?’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेदेखि देउवालाई प्रधानमन्त्रीका विश्वासको मत दिँदासमेत एकतका लागि भन्दै पहल गरेपछि माधव नेपालले एमाले विभाजन गर्ने कमस खाएकाले एकता प्रक्रिया प्रभावित बनेको ओली समूहको बुझाइ छ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमालेमा रहेर सत्ता गठबन्धनको बैठकमा सहभागी हुन र सरकारलाई बलियो बनाउने कुरा गर्नु गलत भएको टिप्पणी गरे। ‘पार्टी एकताको पहल हुँदाहुँदै उहाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुने कुरा हामीले अपेक्षा गरेका थिएनौं,’ ज्ञवालीले डिसी नेपालसँग भने, ‘यसले एकताको वातावरण बन्दैन।’
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रक अध्यक्ष पुष्पकम दाहालले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन्। सरकारमा सहभागी हुन सजिलो हुन्छ भने दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनसमेत सकिने उनीहरुले नेपाललाई बताउँदै आएका छन्।







डिसी नेपाल








Facebook Comment