साइबर अपराधका घटना बढेको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष

डिसी नेपाल
१० साउन २०७८ १९:१२
72
Shares

काठमाडौं। केन्द्रीय सुरक्षा समितिको बैठकले पछिल्ला दिनहरुमा साइबर अपरधका घटनाहरु बढेको निष्कर्ष निकाल्दै अपराध नियन्त्रण तथा व्यवस्थापन गर्ने निर्णय गरेको छ।

आइतबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको गृह स्रोतले जानकारी दियो। बैठकले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै कोरोनाको रोकथाम तथा नियन्त्रण गर्नेसमेत निर्णय गरेको छ। त्यस्तै स्वास्थ्य सम्बनधी सामाग्रीको सहज व्यवस्थापन तथा कालोबाजारी नियन्त्रण गर्नेसमेत निर्णय गरेको छ। बैठकले बाढी पहिरो पीडितको राहत तथा उद्धार र पुनःस्थापनाबारे पनि निर्णय गरेको छ।

गृहमन्त्री खाँणसँगै बैठकमा गृहसचिव महेश्वर न्यौपाने ,नेपाली सेनाका रथी प्रभुराम शर्मा ,प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री ,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ,राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख गणेश प्रसाद अधिकारी,रक्षा मन्त्रालयका कामु सचिव आलोकचन्द्र श्रेष्ठ ,गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायत उपस्थित रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.