निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानबारे जानकारी लिएका छन्। गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग आज बालुवाटारमा निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानबारे उनले जानकारी लिएका हुन्।
उनले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन समेत दिएको बताएका छन् ।
देउवाले फेसबुकमा लेखेका छन्, ‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु।’
कञ्चनपुर भीमदत्त नगपालिकाकी १३ बर्षीय पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष वितिसक्दा पनि हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, कञ्चनपुर प्रहरी तथा दर्जनौ अनुसन्धान समिति बन्दा समेत पन्तको हत्यारा पक्राउ परेका छैनन्। १० साउन २०७५ सालमा साथी घरमा गृहकार्य गर्न गएकी निर्मला भोलिपल्ट मृत अवस्थामा फेला परेकी थिइन्। भिमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा निर्मलालाई बलात्कारपछि मृत अवस्थामा प्रहरीले फेला पारेको थियो।







डिसी नेपाल








Facebook Comment