एमाले विवाद : निको नहुने घाउ !
काठमाडौ। पार्टीभित्रको आन्तरिक किचलोका कारण सरकारबाट बाहिरिएको एमाले भित्रको विवाद समाधानका लागि भन्दै दोस्रो तहका नेता अझै सक्रिय छन्। पार्टी निर्देशन विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि सोधिएको स्पष्टीकरणलाई फिर्ता लिएर अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि पहल गरिहेका छन्।
एकता प्रक्रियामा सक्रिय दोस्रो तहका नेताहरु अझै पनि पार्टी एक बनाउन सकिने बताइरहेका छन्। अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच प्रत्यक्ष भेट गराउने तयारी भइरहेको थियो।
तर शनिबार वरिष्ठ नेता माधव नेपाल सत्ता गठबन्धनको बैठकमा सहभागी भएपछि बन्दै गएको वातावरण बिग्रिएको नेताहरुले टिप्पणी गरेका छन्। सस्थापन पक्षबाट एकताका लागि लचकता अपनाउँदा त्यसलाई नेपाल समूहले कमजोरीका रुपमा लिएको संस्थापन पक्षको बुझाइ छ।
‘अहिले उहाँलाई (माधव नेपाल) एमाले भन्दा सत्ता गठबन्धन प्यारो लागेको जस्तो देखिएको छ,’ ओली समूहका एक नेताले भने, ‘हामी एकताका लागि रातदिन खट्ने तर उहाँ के गर्दा एकता विरोधी काम हुन्छ त्यही काममा सक्रिय भएपछि एकता कसरी संभव हुन्छ?’
शनिबार सत्ता गठबन्धनको बैठकमा सहभागी भएका नेता नेपालले आइतबार संसदीय समितिको बैठकमा ओली समूहका सांसद एवं पूर्वमन्त्री नारदमुनि रानाप्रति आक्रोश पोखे।उनले रानालाई प्रतिगमनको मतियार भन्दै बैठक छोडेर बाहिर जान चेतावनी दिए। नेता नेपालसँगै उनी पक्षीय सांसदहरु पनि रानाप्रति खनिएका थिए।
नेता नोपलको व्यवहार आक्राम भएपनि पार्टी एकताका लागि भन्दै दोस्रो तहका नेताहरु एकताका लागि सक्रिय छन्। आइतबार पनि दोस्रो तहका नेतहरुबीच एकताका लागि छलफल भएको थियो। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले एक(अर्कालाई निषेध गर्न खोज्ने प्रवृति पनि देखिएको छ।ओली र नेपालले एक-अर्काको कडा आलोचनासमेत गर्दै आएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेदेखि देउवालाई प्रधानमन्त्रीका विश्वासको मत दिँदासमेत एकतका लागि भन्दै पहल गरेपछि माधव नेपालले एमाले विभाजन गर्ने कमस खाएकाले एकता प्रक्रिया प्रभावित बनेको ओली समूहको बुझाइ छ।
एकताका लागि दुवै पक्षका सांसद सक्रिय
शीर्ष नेताहरुबीच दन्त बझान जारी रहेका बेला दोस्रो तहका नेता र दुवै पक्षका सांसद भने पार्टी एकतका लागि नेतृत्वलाई दबाव दिन थालेका छन्। विघटित कार्यदलका सदस्य सक्रिय रहेकै बेला दुवै पक्षका केही सांसदहरु एकतका लागि नेतृत्वलाई दबाव दिन एकजुट भएका हुन्।
आइतबार नै पार्टी एकताका लागि भन्दै एमालेका सासदहरुले दबाव अभियान पनि सुरु गरेका छन्। अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षका सांसदहरुले एकताका लागि दबाव अभियान सुरु गरेका हुन्। ३६ जना सांसदहरूले पार्टी एकताका सन्दर्भमा देखा परेका समस्या र ती समस्याको समाधानका लागि चाल्नुपर्ने कदमलगायत विषयमा छलफल गरेका थिए।
कार्यदलले तयार गरेको १० बुँदे सहमतिको प्रस्ताव एकताको आधार भए पनि बाँकी कुराहरूमा शीर्ष नेतृत्वलाई ‘कन्भिन्स’ गरेर अगाडि बढ्न दबाब दिनुपर्ने विषयमा सांसदहरुबीच आइबार छलफल भएको थियो।
सांसदहरूले देश, जनता, राष्ट्र र लोकतन्त्रका लागि पनि एमाले विभाजित हुन नहुने भन्दै एकतका लागि शीर्ष नेतालाई दबाव दिने निष्कर्ष निकालेका छन्। उनीहरूले विघटित पार्टी एकता कार्य दलका नेताहरूलाई पार्टी एकताभन्दा बाहिर जाने अनुमति नेताहरूलाई नभएको पनि सचेत गराएका छन्।







डिसी नेपाल








Facebook Comment