घरपछाडि इनार खन्दा १२ अर्ब रुपैयाँको ढुङ्गो निस्कियो

डिसी नेपाल
१३ साउन २०७८ १४:१३
6.2k
Shares

काठमाडौं। घरपछाडि इनार खन्ने क्रममा एक व्यक्तिले १२ अर्ब रुपैयाँ मूल्य पर्ने ढुङगो फेला पारेका छन् । विशेषज्ञले यो ढुङको बहुमूल्य रत्न नीलम भएको बताएका छन् । यो विशाल बहुमूल्य रत्न झुक्किएर फेला परेको छ । श्रीलंकाका अधिकारीका अनुसार यो विश्वकै सबैभन्दा ठूलो आकारको नीलम हो । एक रत्न व्यापारीले बीबीसीलाई बताएअनुुसार श्रीलंकाको रत्नपुरामा एक व्यक्तिको घरपछाडि इनार खन्ने क्रममा मजदुरहरुले यो बहुमूल्य रत्न फेला पारेका हुन् ।

विशेषज्ञका अनुसार हल्का नीलो रंगको रत्नको यो ढिक्काको मूल्य अन्तर्राष्ट्रिय मिडियामा १ सय मिलियन डलर (झण्डै १२ अर्ब रुपैयाँ) पर्छ । यो रत्नको ढिक्का ५१० किलोको छ र २.५ मिलियन क्यारेटको छ । यसलाई सेरेन्डिपिटी सेफायर नाम दिइएको छ । ‘इनार खनिरहेका व्यक्तिले यहाँ रत्न भेटिएको हामीलाई बताए त्यसपछि हामीले खनेर त्यसलाई बाहिर निकाल्यौं’ यो रत्नका मालिक गेमेजले बीबीसीसँग भने । उनले सुरक्षाको कारण देखाउँदै आफ्नो पूरा नाम र ठेगाना बताएनन् ।

गेमेज तेस्रो पुस्ताका रत्न व्यापारी हुन् । उनले अधिकारीहरुलाई यो रत्न भेटिएकोबारे बताएका थिए । यसलाई सफा गरेर यसको परीक्षण गर्न भने १ वर्षको समय लाग्यो । गेमेजका अनुसार सफाइको क्रममा यो क्लस्टरबाट रत्नका केही टुक्रा झरेका थिए जुन निकै उच्च गुणस्तरका भएको पाइयो । रत्नपुरामा पहिलेदेखि नै बहुमूल्य रत्न पाइने भएकोले यो ठाउँको नाम रत्नपुरा राखिएको हो । श्रीलंका नीलम लगायत अन्य बहुमूल्य रत्नको प्रमुख निर्यातक हो ।

गत वर्ष श्रीलंकाले रत्न निर्यात गरेर ५ सय मिलियन डलर कमाएको थियो । ‘मैले अहिलेसम्म यति ठूलो रत्नको ढिक्का देखेको थिइन । यो सम्भवतः ४०० मिलियन वर्ष अगाडि बनेको हुनुपर्छ’ प्रसिद्ध रत्न विशेषज्ञ गेमिनी जोयसाले भने । यो रत्नको ढिक्काका सबै रत्नहरु उच्च गुणस्तरका छन् वा छैनन् भन्ने विषयमा स्वतन्त्र अन्तर्राष्ट्रिय विशेषज्ञबाट जाँच हुन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *