टिकटक स्टारले सबैभन्दा ठूलो मुख खोलेर गिनिज बुकमा नाम लेखाइन्
काठमाडौं। एक टिकटक स्टारले सबैभन्दा ठूलो मुख भएकी महिलाको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएकी छिन् । १.७ मिलियन फलोअर भएकी ३१ वर्षकी टिकटक स्टार समंथा राम्सडेल अमेरिकाका कनेक्टिकटकी हुन् । उनले यसअघि पनि ठूलो मुख खोल्न सकेका कारण भाइरल भएकी थिइन् । उनले २.५६ इन्च मुख खोल्न सकेर गिनिज बुकमा नाम लेखाएकी हुन् ।

द सनका अनुसार समंथा मेडिकल बजार प्रतिनिधि हुन् । उनले कुनै समय आफूले यही मुखका कारण धेरै कुरा सुन्नु परे पनि अहिले यही मुख आफ्नो लागि खुसीको कुरा भएको बताएकी छिन् । उनले पूरै मुख खोल्दा उनको मुखमा एउटा सिंगै स्याउ अटाउँछ । गिनिजले समंथालाई स्थानीय दन्त चिकित्सककहाँ भेटेको थियो । डा. एल्क चेयुंगले उनको मुखको नाप लिएकी थियन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment