१ वर्षदेखि कारमा २ बालबालिकाको लाश लिएर घुमिरहेकी थिइन्, ट्राफिक जाँचमा खुलासा
काठमाडौं। अमेरिकामा एक महिलाले आफ्नो कारमा २ बालबालिकाको लाश राखेर महिनौंसम्म त्यही कारमा घुमिरहेकी थिइन् । अमेरिकी पुलिसले ती महिलालाई आफ्ना भतिजा र भतिजीको शव कारको डिक्कीमा लिएर घुमिरहेको अवस्थामा पक्राउ गरेको छ । शुक्रबार एक नियमित ट्राफिक जाँचमा यी महिलाको हर्कतको खुलासा भएको हो ।
अमेरिकाको बाल्टीमोरकी निकोल जोनसनमाथि बालबालिकाको हत्या, उनीहरुमाथि दुर्व्यवहार लगायतका आरोप लगाइएको छ । बाल्टीमोर सन अखबारका अनुसार ३३ वर्षीय निकोलले गत वर्ष मे महिनामा आफ्नी भतिजीको शवलाई एक सुटकेसमा राखेर डिक्कीमा हालेकी थिइन् । त्यसपछि उनले सामान्य रुपले त्यो कारको प्रयोग गरिरहिन् । एक वर्षपछि उनले भतिजाको शव पनि भतिजीको सडेको शवको उवमा राखिन् । यो शवलाई प्लास्टिकको झेलामा राखिएको थियो ।
पुलिसले बुधबार निकोललाई तीब्र गतिमा कार चलाएको भन्दै रोकेको थियो । उनीसँग कारको कागजपत्र पनि नभएपछि उनको कार जफत गरियो । रिपोर्टअनुसार एक अधिकारीले निकोललाई कार जफत गरिन लागेको बताएपछि जवाफमा उनले ‘केही छैन म यहाँ ५ दिनमा हुने छैन । तपाइँहरु मेरो ठूलो डेब्यूको समाचार देख्न जाँदै हुनुहुन्छ’ भनेकी थिइन् । निकोलका अनुसार उनलाई उनकी दिदीले यी दुई बालबालिका हेरचाहको लागि दिएकी थिइन् । उनले भतिजीलाई कैयौं पटक कुटेको र भुइँमा टाउको ठोक्किएर उनको मृत्यु भएको बताइन् । तर, भतिजाको मृत्यु कसरी भयो भन्ने उनले बताएकी छैनन् ।







डिसी नेपाल







Facebook Comment