रुसको स्पुतनिक भी र कोभिशिल्ड खोप मिसाएर लगाउन सकिने, जाँचमा प्रभावकारी देखियो

डिसी नेपाल
१७ साउन २०७८ १४:१५
1.4k
Shares

काठमाडौं। रुसको कोरोना खोप स्पुतनिक भी र अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप कोभिशिल्डलाई मिसाएर तयार गरिने ककटेलको अहिले चर्चा बढेको छ । यी दुई खोप मिसाएर लगाउन सकिन्छ वा सकिँदैन भन्ने विषयमा एक अध्ययन गरिएको थियो । यो अध्ययनमा यी दुई खोपको ककटेल समेत कोरोनाभाइरसविरुद्ध प्रभावकारी रहेको र गम्भीर साइड इफेक्ट नभएको पाइएको छ ।

रुसी खोप तयार गर्ने रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआइएफ)ले शुक्रबार अक्सफोर्ड एस्ट्राजेनेकाको कोभिशिल्ड र स्पुतनिक भी खोप मिसाएर बनाइएको ककटेलमा कुनै गम्भीर साइड इफेक्ट नपाइएको र यो पूर्ण रुपमा सुरक्षित भएको बताएको छ । हिन्दूस्तान टाइम्सका अनुसार आरडीआइएफले एक बयान जारी गर्दै भनेको छ ‘कोभिशिल्ड खोपमा स्पुतनिक लाइट खोपको ह्युमन एडिनोभाइरस सिरोटाइप २६ मिसाइयो । यसका साथै यो खोप ककटेलमा ह्युमन एडिनोभाइरस सिरोटाइप ५ लाई दोस्रो घटकको रुपमा मिसाइयो ।’

यसरी तयार गरिएको ककटेल कोभिड १९ भाइरसविरुद्ध धेरै प्रभावकारी र धेरै दिनसम्म असरदार हुने दावी गरिएको छ । यसअघि रुसका अधिकारीहरुले एस्ट्राजेनेकाको खोप र देशका विकसित सिंगल डोज स्पुतनिक भी खोपको मिश्रणको परीक्षणलाई स्वीकृति दिएको थियो । अनुमोदित नैदानिक परीक्षणको देशको रनिस्ट्रीले जानकारी दिएको हो । मस्को र सेन्ट पिटसबर्गमा ५ स्वास्थ्य केन्द्रमा यो परीक्षण गरिँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *