माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

डिसी नेपाल
१८ साउन २०७८ ११:१९

काठमाडौं। सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गर्न आज बस्ने तय भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ।

आइतबार बसेको स्थायी कमिटी बैठकले पनि सरकारमा सहभागी हुने मन्त्री चयन गर्न नसकेपछि बैठक आज बस्ने गरी स्थगित भएको थियो। तर आज अर्को सूचना जारी नभएसम्म बैठक स्थगित भएको हो।

आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको थियो। माओवादी केन्द्रबाट हाल जनार्दन शर्मा अर्थ मन्त्री छन् भने पम्फा भुसालले उर्जा मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

उता एमालेको माधव नेपाल समूहले सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय गर्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *