मिश्रको प्रस्तावले चेपुवामा दोस्रो तहका नेता
काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत सोमबार संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव राखेपछि राष्ट्रिय राजनीतिमा ठूलै बसह र तरंग उत्पन्न भयो।
सानो दलको ठूलो एजेण्डाले राजनीतिवृत्तमा विभिन्न टिका टिप्पणी भयो। तर मिश्रको उक्त प्रस्ताव बारे पार्टीभित्रै असहमतिको धारणाहरु सार्वजानिक भएका छन्। सोही दिन मिश्रको प्रस्तावलाई खण्डन गर्दै संयोजक मिलन पाण्डे उक्त प्रस्ताव मिश्रको व्यक्तिगत बिचार भएको र पार्टीले यस्तो कुरा अबलम्वन नगर्ने बताइसकेका छन्।
एकपटक फुटेर ०७७ मंसिर २४ गते पुनः एकीकरण भएको पार्टी मिश्रको यो प्रस्तावले पार्टीभित्रै बिग्रह हुने सम्भावना पनि बढेको छ। पूर्व विवेकशील पार्टी यो प्रस्ताव कुनै पनि हालतमा स्वीकार गर्ने पक्षमा छैन।
यद्यपि पूर्व साझा पार्टीका केही नेताहरुपनि मिश्रको यो प्रस्ताव अस्वीकार गरिसकेका छन्। तर यो एजेण्डा आगामी कात्तिकमा हुने अधिवेशनमा प्रवेश हुने सम्भावना धेरै छ।
संयोजक पाण्डेलाई आज डिसी नेपालले मिश्रको सो प्रस्ताव पार्टीले अवलम्बन गर्यो भने तपाईंहरु के गर्नु हुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘संघीयता खारेजी र धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गराउने पक्षमा पार्टी रहँदैन र यो कार्यान्वयन हुने सम्भावना पनि छैन।’
संयोजक पाण्डे मिश्रको सो प्रस्ताव सामान्य बहसको विषयमात्र ठान्छन्। फुटेर पुनः जुटेको पार्टी एकतालाई कमजोर बनाउने सम्भावना कस्तो छ? भन्ने प्रश्नमा उनले अगाडि भने, ‘पार्टी भित्र विभिन्न बहस, विमर्श हुन्छ तर यो विषयले पार्टी एकतालाई कुनै पनि असर पर्दैैन।’
नेतृ रञ्जु दर्शना भने यो विषयमा समय आएपछि बोल्ने बताएकी छिन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment