क्याम्पस प्रमुख विद्यार्थीमारा भएको नेविसंघको आरोप

डिसी नेपाल
१८ साउन २०७८ १३:२४

काठमाडौं। कोटेश्वर बहुमुखी क्याम्पस काठमाडौंमा विद्यार्थीहरुको शुल्क क्याम्पस प्रमुखले जताभावी लिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिगत तीन दिन देखि क्याम्पसको प्राङ्गणमा प्रर्दशन गरकोे छ।

नेविसंघले गरिब विद्यार्थीमाथि क्याम्पस प्रमुखले दादागिरी शैलीमा शुल्क उठाएको, प्रसाशनमा भ्रष्टचार मौलाएको र क्याम्पस प्रमुख गोबिन्दबहादुर कार्की विद्यार्थीमारा भएको आरोप लगाएका छन्।

सो क्याम्पसका नेविसंघ सभापति संजय बुढाथोकीले भने, ‘ क्याम्पस प्रमुखले तोकिएको शुल्कभन्दा विद्यार्थीसँग मनपरि शुल्क दिएको छ। विद्यार्थीहरुले पटक-पटक शिक्षकले पढाएको नबुझेको भन्दा पनि त्यस्ता असक्षम शिक्षकलाई नियुक्ति दिएको र उक्त कदम विरुद्ध हामीले पटक-पटक ज्ञापनपत्र बुझाउँदा क्याम्पस प्रमुखले यो कागजको खोष्टा त हेर्नै बिर्सेछु भनेर हामीलाई खिल्ली उडाउने काम भयो।’

उनले अगाडि भने,‘क्याम्पस प्रमुखले हाम्रो मुद्धा बलियो हुनथालेपछि क्याम्पस प्रमुख बिचलित भएर युवासंघका नेताकार्यकर्ता बोलाएर विद्यार्थीहरुको मोवायल खोस्ने कामपनि भएको छ तर हामी बिचलित नभई न्याय र निष्ठापूर्वक कानूनी लडाईमा लड्ने छौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *