मन्त्रिपरिषद विस्तारको तयारीः प्रधानमन्त्री देउवा र प्रचण्ड तथा यादवबीच छलफल

डिसी नेपाल
१८ साउन २०७८ १७:०३
588
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुृर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री देउवाले सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ। यो छलफलपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारबारे निर्णय लिने बताइएको छ। प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री बन्नेको सूची बनाउने जिम्मेवारी लिएका छन्। जसपामा पनि मन्त्री बन्नेको सूची यादवले तयार पार्दैछन्। काँग्रेसबाट मन्त्री बन्नेहरुको सूची प्रधानमन्त्री देउवा स्वयम आफैले बनाउने भएकाले यो छलफलपछि मन्त्रिपरिषद विस्तार हुने विश्वास गरिएको छ।

माधव समूह सरकारमा सहभागी नहुने पक्का जस्तै बनेपछि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका हुन्। हाल मन्त्रिमण्डल ६ सदस्यीयमात्र छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *