म्यान्मारका सैनिक कमाण्डरले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरे

डिसी नेपाल
१८ साउन २०७८ १७:३६
9.7k
Shares

काठमाडौं। म्यान्मारका सैनिक कमाण्डर मिन आंग हलिंगले आफूलाई देशको प्रधानमन्त्री घोषित गरेका छन् । उनले २०२३ मा संकटकाल समाप्त गरिने र त्यसपछि आम निर्वाचन गरिने समेत घोषणा गरेका छन् । उनले मौजुदा संकटको हलको लागि दक्षिण पूर्वी एसियाली देशका साथ सहयोगका लागि तयार भएको उनले बताएका छन् ।

आइतबार टेलिभिजनमा दिएको सन्देशमा जनरल हलिंगले आफुहरुले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने माहोल बनाउनुपर्ने बताए । उनले बहुदलीय चुनाब गराउने बाचा पनि गरे । म्यानमारमा सेनाले गएको फेब्रुअरी १ मा निर्वाचित आङ साङ सुकी सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएको थियो । लोकप्रिय नेता तथा स्टेट काउन्सिलर सुकी, राष्ट्रपति विन मिंटसहित कैयौं नेताहरुलाई गिरफ्तार गरिएको थियो । त्यसपछि देशमा सेनाविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शन र सैन्य दमनमा अहिलेसम्म ९४० जनाको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *