माधव समूहसँग सहमति नहुँदै एमालेद्वारा पार्टीका विभाग गठन

डिसी नेपाल
१८ साउन २०७८ १८:२१

काठमाडौं। नेकपा एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टीका विभाग गठन गरेको छ। माधव समूहको उपस्थित नभएको स्थायी कमिटी बैठकले ९ वटा विभाग गठन गरेको हो।

प्रवक्ता प्रदीप ज्ञवालीले उपमहासचिव विष्णु पौडेलको संयोजकत्वमा १४ सदस्यीय संगठन विभाग, स्थायी कमिटी सदस्य सुवास नेम्वाङको संयोजकत्वमा १४ सदस्यीय संसदीय विभाग, स्थायी कमिटी सदस्य विष्णु रिमालको संयोजकत्वमा २ सदस्यीय आर्थिक विभाग, सविच प्रदीप ज्ञवालीको संयोजकत्वमा १५ सदस्यीय प्रचार विभाग, भानुभक्त ढकालको संयोजकत्वमा पर्यटन विभाग, अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा स्कुल विभाग गठन गरिएको जानकारी दिए।

यस्तै डा. राजन भट्टराईको संयोजकत्वमा विदेश विभाग, अग्नि खरेलको संयोजकत्वमा निर्वाचन विभाग र स्थाननीय तह विभाग गठन गरिएको छ। एमालेको विधानमा २५ वटा विभाग गठन गर्ने व्यवस्था भए पनि हाललाई ९ वटामात्र विभाग गठन गरिएको उनले जानकारी दिए। पार्टीको आन्तरिक विवाद समाधान भएपछि विभाग गठनलाई पूर्णता दिने उनले बताए। उनले भने, ‘विवाद समाधान भएपछि जोडिने साथीहरुलाई पनि समेट्ने गरी हाललाई केही विभाग गठन गरिएको हो।’

यसैबीच सर्वोच्च अदालतले कर्णालीका एमालेका ४ जना सांसदमाथि गरिएको कारबाहीलाई एमालेले सदर गरेकमा स्वागत गरेको छ। प्रवक्ता ज्ञवालीले सर्वोच्चको सोमबारको फैसला दलीय व्यवस्था अनुरुप भएको बताए। यो फैसलाले यसअघि संविधानको धारा ७६(५)को व्याख्या गलत थियो भन्ने देखाएकोसमेत टिप्पणी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *