कोरोना संक्रमित महिला र पुरुषमा लक्षण फरक

डिसी नेपाल
१९ साउन २०७८ ११:०९
388
Shares

काठमाडौं। विश्वमा कोरोनाभाइरस फैलिएको साढे १ वर्षभन्दा धेरै समय भइसकेको छ । यसका कारण ४२ लाखभन्दा धेरैको ज्यान गइसकेको छ । यति लामो समय भइसक्दा पनि यो महामारीका बारेमा अझै नयाँ–नयाँ खुलासा भइरहेका छन् । लण्डनको प्रसिद्ध किंग्स कलेजमा भएको एक अध्ययनमा महिला र पुरुषमा कोरोना संक्रमणको लक्षण फरक फरक हुने पाइएको छ ।

संक्रमित पुरुषहरुमा सास फेर्न समस्या, थकान, चिसो लाग्ने र ज्वरो आउने लक्षण बढी मात्रामा देखिन्छन् भने महिलाहरुमा गन्ध थाहा पाउने क्षमता हराउनु, छाती दुख्नु र लगातार खोकी लाग्नु सबैभन्दा धेरै देखिने लक्षण हुन् । अहिलेसम्म ज्वरो, लगातार खोकी र सुँघ्ने क्षमता हराउनुलाई कोरोना संक्रमणको तीन प्रमुख लक्षण मानिँदै आइएको छ । तर, सुरुवाती दिनमा ज्वरो आउनु जरुरी लक्षण होइन अर्थात संक्रमणको सुरुवातमा ज्वरो आउँछ नै भन्ने छैन ।

पुरुषमा कोरोना संक्रमणपछि सबैभन्दा धेरै देखिने प्रमुख पाँच लक्षणहरुमा क्रमशः सास फेर्न समस्या, थकान, चिसो लाग्नु, ज्वरो र सुँघ्ने क्षमता हराउनु मानिएको छ भने महिलामा सबैभन्दा धेरै देखिने प्रमुख लक्षणहरु क्रमशः सुँघ्ने क्षमता हराउनु, छाती दुख्नु, लगातार खोकी लाग्नु, पेट दुख्नु र ज्वरो हाउनु मानिएको छ । यसका साथै ६० वर्षभन्दा बढी उमेरका संक्रमितमा पखाला लाग्ने लक्षण देखिएको छ । रोचक रुपमा कोरोनाको प्रमुख लक्षण मानिने सुँघ्ने क्षमता हराउने लक्षण वृद्ध उमेरका संक्रमितमा प्रायः देखिएन ।

शोधकर्ताहरुका अनुसार डेल्टा भेरिएन्टसहित अब भविष्यमा आउन सक्ने भेरिएन्टहरुको संक्रमणमा पनि मानिसहरुको अलग–अलग समूह अनुसार अलग–अलग लक्षण देखिनेछन् । उमेर, लिंग, तौल आदिका आधारमा फरक फरक समूहमा लक्षण फरक हुनेछन् । अध्ययनका सह–लेखक डा. मोडेटले आफूहरु एक समूहबाट अर्को समूहमा कोरोनाको लक्षण फरक हुन्छ भन्ने पहिचान गर्न सफल भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *