उडिरहेको विमानमा रक्सी खाएर एयरहोस्टेसलाई जिस्क्याउने यात्रुलाई सिटमा बाँधियो

डिसी नेपाल
२१ साउन २०७८ १२:४१
2.5k
Shares

काठमाडौं। उडिरहेको एक विमानमा एक यात्रुले महिला एयरहोस्टेससँग यतिसम्म दुर्व्यवहार गरे कि उनलाई सिटमा बाँध्नु पर्यो । उनी रक्सीको नशामा थिए । उनले २ जना एयरहोस्टेसलाई जिस्क्याएपछि अर्की एयरहोस्टेसलाई मुक्का हानेका थिए । यति मात्र होइन बाथरुमबाट निस्किएपछि उनी सर्टबिना नाङगै विमानमा घुम्न थालेका थिए ।

यो घटना फ्रन्टियर एयरलाइन्सको विमानमा भएको थियो । विमान शनिबार अमेरिकाको फिलाडेल्फियाबाट मियामी जाँदै थियो । एनसीबी फिलाडेल्फियाको रिपोर्टअनुसार उडिरहेको विमानमा ती यात्रुले एयरहोस्टेससँग दुर्व्यवहार सुरु गरेका थिए । सबेभन्दा पहिले उनले एक एयरहोस्टेससँग ड्रिंक मगाएर पिए । त्यसपछि अर्की एयरहोस्टेस आउँदा उनीसँग पनि ड्रिंक मगाए । तेस्रो पटक एयरहोस्टेस ड्रिंक लिएर आउँदा उनले दुर्व्यवहार सुरु गरे ।

रिपोर्टका अनुसार ती व्यक्तिको नाम म्याक्सवेल बेरी हो । उनी २२ वर्षका छन् । उनी नशामा एयरहोस्टेसको संवेदनशील अंग छुन थालेका थिए । उनले ड्रिंकको बोतलको साथमा एयरहोस्टेसलाई पनि समात्ने कोसिस गरे । उनलाई सहयोग गर्न केबिन क्रु आएपछि उनले केबिन क्रुको मुखमा मुक्का हानिदिए । त्यसपछि उनी बाथरुम गए । बाथरुमबाट बिना सर्ट बाहिर निस्किए र त्यत्तिकै जहाजमा डुल्न थाले ।

उनको यस्तो व्यवहार देखेपछि केही यात्रुले उनलाई यस्तो नगर्न भन्दा उनले यात्रुहरुसँगै झगडा गर्न थाले । त्यसपछि यात्रु र केबिन क्रुले उनलाई नियन्त्रण गर्नको लागि म्याक्सवेललाई सिटमा बाँधिदिए र सिट बेल्ट लगाइदिए । फ्रन्टियर एयरलाइन्सका प्रवक्ताका अनुसार विमान अवतरण गरेपछि उनलाई गिरफ्तार गरियो । अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार यस वर्ष विमानमा दुर्व्यवहारका ३ हजार ७१५ उजुरी आएका छन् । यीमध्ये ७५ प्रतिशत यात्रुसँग सम्बन्धित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *