मास्क नलगाइ हिँडेका व्यक्तिलाई प्रहरीले पक्राउ गर्दा अचानक हृदयाघात भएर ढले

डिसी नेपाल
२१ साउन २०७८ १३:२४
3.7k
Shares

काठमाडौं। मास्क नलगाइ घरबाहिर हिँडेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गर्न खोजेपछि डराएका ती व्यक्तिलाई अचानक हृदयाघात भएको छ । यी व्यक्ति बिहानै व्यायाम गर्ने क्रममा पर्कमा हिँडिरहेका थिए तर उनले मास्क लगाएका थिएनन् । अस्ट्रेलियाको ब्रिस्बेन बोटानिकल गार्डेनमा हिँडिरहेका उनलाई प्रहरीले हथकडी लगाउन खोजेका थिए । द सनको रिपोटृअनुसार उनलाई विशेष किसिमको स्वास्थ्य समस्या भएकोले बिना मास्क शारीरिक अभयास गर्न अनुमति दिइएको थियो ।

अस्ट्रेलिया सरकारले देशमा निकै कडा लकडाउन लागू गरेको बेला यो घटना भएको हो । सोमबार बिहान भएको घटनामा ती व्यक्तिले पुलिस अधिकारीहरुलाई सहयोग गरिरहेको भिडियो फुटेजमा देखिन्छ । भिडियो ती व्यक्तिका छोराले शेयर गरेका थिए । पुलिसले हथकडी लगाएर ती व्यक्तिलाई लैजान खोज्दा उनी एक्कासी भुइँमा ढल्छन्, छटपटाउँछन् र आफ्नो झोलासम्म पुग्ने प्रयास गर्छन् । समाचार अनुसार उनको झोलामा उनको मुटुसम्बन्धी समस्याको औषधि थियो ।

परिवारका अनुसार पुलिसले ती व्यक्तिलाई भएको स्वास्थ्य समस्या नपत्याएर उनको समस्यालाई हाँसोमा उडाएका थिए । भिडियोमा ती व्यक्ति ढलेपछि उनको पन्ती आत्तिँदै उनको नजिक गएर पुलिस अधिकारीहरुलाई उनको झोलामा उनको औषधि भएको बताउँछिन् र ‘अब मेरो कुरा पत्यायौ ?’ भन्दै गाली गर्छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *