अफगान सरकारका सञ्चार प्रमुखको तालिबानद्वारा हत्या
काबुल। तालिबान लडाकुले शुक्रवार दिउँसो अफगानिस्तान सरकारका सञ्चार प्रमुख दवा खान मिनापालको हत्या गरेका छन्। अफगान गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्तेनकजईले केही बन्दुकधाीले शुक्रवार डेढ बजे (स्थानीय समय) नमाजका क्रममा सरकारी मीडिया एवं इनफर्मेशन सेन्टरका निर्देशक दवा खान मनिपालको हत्या गरेको जानकारी दिएका छन्।
मिनापालले यसअघि अफगान राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपतिको प्रवक्ताका रुपमा पनि काम गरेका थिए। तालिबानले यो हत्याको जिम्मेवारी लिएको बीबीसीले उल्लेख गरेको छ।
अफगानिस्तानको मीडिया हाउस टोलो न्यूजले आक्रमणको समयमा मिनपाल रहेको कारको तस्वीर सार्वजनिक गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment