टोकियोमा रेलमा सवार यात्रुमाथि चक्कु प्रहार, २ जनाको अवस्था गम्भीर

डिसी नेपाल
२३ साउन २०७८ १६:३६
372
Shares

टोकियो । जापानको राजधानी टोकियोमा एक व्यक्तिले रेलमा सवार यात्रुलाई धारिलो चक्कु प्रहार गरी घाइते बनाएका छन्।

टोकियोको सेतागया वार्डमा ओदाक्यु लाईनमा यात्रुहरूमाथि चक्कु प्रहार गर्दा चरजना घाइते भएका छ्न भने दुइजनाको अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ ।

सेतागायाको सेईजो गाकुइनमाए स्टेशन नजिक रेलभित्रै चुक्कु बोकेका यात्रुले रेल कुदिरहँदा आफुवरपर उभिएका यात्रुमाथि अन्धा धुन्द चुक्कु हानेको प्रहरीलाई उद्दृत गर्दै एनएनचके समाचार संस्थाले जनाएको छ ।

अगष्ट ६ को राती ८ बजेर ३० मिनेटको समयमा रेलभित्र चक्कु प्रहार भएको हो । रेलमा यात्रारत चुक्कुधारी पुरुषले अकस्मात चुक्कु प्रहार गरेपछि तयहाँको महानगरीय प्रहरी विभागले तत्काल घटनाको अनुसन्धान थालेको थियो ।

चुक्कु प्रुहारको समयमा अभियुक्त व्यक्ति नजिक करिव १० जना यात्रु एउटै डिब्बामा रहेका थिए । चुक्कु प्रुहार हुन थालेपछि यात्रुहरूबीच भागाभाग मच्चिएको घटनास्थलमा रहेका यात्रुहरूले बताएका छन् । चुक्कु प्रहार गर्ने व्यक्तिको उमेर करिव ३० बर्ष हाराहारीको रहेक बुझेको छ ।

चुक्कु प्रहारपछि आपतकालिन रुपमा रोकिएको रेलको ढोकाबाट रेलको ट्र्याकमा हामफालेर ति युवा भागेतापनि घटना घटेको करिब दुइघन्टापछि आफु भाग्दा भाग्दा थकित भएको भन्दै आफैँले कम्बिनी स्टोर गाई प्रबन्धक लाइ उक्त घटना मैले गरेको हो भनि बताएपछी अहिले प्रहरीको नियन्त्रण भित्र रहेको बुझिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *